Nepal Times
Nepal Times
3
Shares

मेलम्चीको काम फेरि रोकियो

मेलम्चीको काम फेरि रोकियो

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ ।

ठेक्का लिएको इटालियन कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार, निर्माण सामाग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ ।

मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिनदेखि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

२६ किमि सुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

१८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरी जल-सिन्धु खण्डमा २ किलो मिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.