१४ साउन, सोलुखुम्बु ।
सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १४ लाख नगदसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।