×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

संवैधानिक आयोगको अध्ययन गर्न संसदीय समितिले बनायो उपसमिति

१४ श्रावण २०७७

१४ साउन, काठमाडौँ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्र भित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरु मध्येबाट उपसमिति गठन गर्न सक्ने प्रावधान अनुसार गठन गरिएको बताइन् । सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल सदस्य रहेका छन ।

Advertisement
Advertisement

सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु देवेन्द्रराज कंडेल, छक्कबहादुर लामा, तिर्था गौतम, प्रेम सुवाल सदस्य रहेका छन । त्यस्तै सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मी कुमारी चौधरी सदस्य रहेका छन् ।

Advertisement

सबै उपसमितिले आन्तरिक कार्यविधि आफैँ निर्माण गरेर अध्ययन गर्न सक्ने छन् । उपसमितिमा संयोजक सहित बढीमा ५ जना सदस्य रहन सक्ने व्यवस्था भएपनि दुई समितिमा चार जनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताइन् । त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागि हुन सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top