महोत्तरीमा आइसोलेसन र शब व्यबस्थापनमा खटिएका १० सैनिक संक्रमित

१४ साउन, जलेश्वर ।
महोत्तरीमा कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका १० जना नेपाली सैनिकमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पिसिआर रिपोर्टमा १३ जनामा कोरोना संक्रमण देखिएको बताउँदै त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिए ।

झाका अनुसार केही दिन अगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना संक्रमित देखिएको हो । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।

Advertisement

त्यसैगरी संक्रमित भएका शिक्षकमध्ये एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी केही दिन अगाडि मात्रै बिरगंजबाट आएका थिए। त्यस्तै अर्का शिक्षक सिन्धुपाल्चोकबाट आएका रहेको फोकलपर्सन झाले जानकारी दिए।

त्यसैगरी भारतबाट आएका बलवाका एकजनामा समेत कोरोना पोजेटिभ देखिएको हो । यो सहित अहिलेसम्म महोत्तरीमा आठ सय ५९ जना कोरोना पोजेटिभ देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top