हङकङमा नयाँ सुरक्षा कानूनः स्वतन्त्र हङकङको वकालत गर्ने अनलाइन ग्रुपका ४ जना नियन्त्रणमा

१४ साउन ७७, बिहीबार

१५ साउन, एजेन्सी ।
हङकङ प्रहरीले नयाँ सुरक्षा कानून अनुसार कारवाही गर्न सुरु गरेको छ।

जसअनुसार बिहीवार ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेको अलजजिराले उल्लेख गरेको छ। कानून कार्यान्वयनमा आएको एक महिनापछि पहिलोपटक हङकङ र चीनको सुरक्षामा खतरा पुग्ने गतिविधि संचालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

स्वतन्त्र हङकङको पक्षमा वकालत गर्दै अनलाइन ग्रुपमा सक्रिय चार जनालाई नियन्त्रणमा लिइएको हङकङ प्रहरीका प्रवक्ताले जनाएका छन्। उनीहरुमाथि हङकङमा रहेका स्वतन्त्र समूहहरुलाई एकै ठाउँमा ल्याएर हङकङलाई चीनबाट छुट्याउने रणनीति बनाएको आरोप लगाइएको छ।

Advertisement

पक्राउ पर्नेमा १९ वर्ष टोनी चुङ, यान्नी हो रहेको स्थानीय मिडियाले बताएका छन्। अन्य दुईजनाको परिचय भने खुल्न सकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top