हिन्दुवादी नेतामाथि आक्रमण हुनेसक्ने भन्दै दिल्लीसहित विभिन्न स्थानमा हाइ अलर्ट जारी

१४ साउन ७७, बिहीबार

१५ साउन, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमण हुनसक्ने सूचनाको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

गुप्तचर एजेन्सीहरुहरुले अगस्त ५ र १५ मा दिल्लीमा रहेका नेताहरु लक्षित गर्दै आक्रमण हुन सक्ने भन्दै हाइ अलर्ट जारी गरेको हो। हिन्दुवादी नेताहरुको सुरक्षामा बढी खतरा रहेको बताइएको छ। ५ अगस्तमा जम्मू कश्मीरलाई विभाजित गर्दै दुई राज्य बनाएको एक वर्ष पूरा हुन्छ।

सोही दिन नै राम जन्मभूमिमा मन्दिर बनाउन विशेष पूजाको आयोजना हने तय भएको छ। त्यस्तै १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस मनाउँदैछ। सो दिनपनि आक्रमण हुन सक्ने भन्दै सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

Advertisement

‘स्लिपर सेल’ को प्रयोगबाट आतंकवादीहरुले ठूलो आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरिएको छ। हाललाई दिल्लीसहित उत्तर प्रदेश, पंजाब,कश्मीर र मुम्बईलाई लिएर समेत अलर्ट जारी गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top