बेलायतको अक्सफोर्डले बनाएको कोरोना खोपको प्रभावकारीता आगामी वर्ष थाहा हुने

१६ साउन, काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना खोप कति प्रभावकारी हुनेछ वा हुनेछैन भन्ने कुरा आगामी वर्ष थाहा हुने बताइएको छ।

Advertisement

’यो भाइरसको व्यवहार एकदमै अप्रत्यासित छ। यस्तोमा यसबाट बच्न खोपको एक मात्रा पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिन्न’, खोप निर्माण कम्पनी एस्ट्राजेनिकाका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियोले भने।

’खोप कम्तीमा १२ महिनासम्मका लागि प्रभावकारी हुने हाम्रो आशा छ। यध्यपी हामीले यो दुई वा त्यो भन्दा बढी समयसम्म प्रभावकारी हुनेछ भन्ने आशा राखेका छौं’, कम्पनीको भनाइ छ।

Advertisement

बिबिसीका अनुसार कम्पनीले खोपको असर एक वर्षसम्मका लागिमात्र देखिए यसलाई फ्लूको खोप झैं वर्षेनी दिन आवश्यक हुनेछ । ठूलो मात्रामा खोप उत्पादन गर्ने ऐस्ट्राजेनिका कम्पनीले यसका लागि अमेरिका, ब्रिटेन र युरोपसँग खरिद सम्झौता गरिसकेको छ।

कम्पनीले योजना अनुसार काम भएमा यसै वर्षको अन्त्यबाट खोपको वितरण सुरू गर्ने आशा राखेका छ। उसले खोपको ब्रिटेन, अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा मानवीय परीक्षण चलिरहेको र त्यसको नतिजा छिट्टै आउने जनाएको छ।

Advertisement

सुरूवाती परीक्षणमा खोपले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई रोगसँग लड्न सहयोग गर्नसक्ने ठानिएको छ, यध्यपी भाइरसबाट सुरक्षित हुन यो पर्याप्त छ वा छैन भन्ने जानकारी अहिलेसम्म उपलब्ध हुनसकेको छैन।

परीक्षणबाट प्राप्त तथ्यांकले खोपको एक मात्रा भन्दा दुई मात्रा ज्यादा प्रभावकारी हुनसक्ने देखाएको छ। एस्ट्राजेनिका अनुसार यो नै खोप दिने प्रभावकारी तरिका हुनसक्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top