मंगल ग्रहमा करोडौं वर्ष पहिला जीवन रहे/नरहेको अध्ययन गर्न नासाले पठायो यान

१६ साउन, एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहका लागि यान पठाएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा फ्लोरिडाको केप क्यानाभेरलबाट उक्त यानले जमिन छोडेको छ ।

यो महिनामा मात्रै मंगल ग्रहका लागि उडेको यो तेस्रो यान हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) र चीनले मंगल ग्रहका लागि यान पठाएका थिए ।

Advertisement

अमेरिकाले पनि केही हप्ताअघि नै यान मंगल ग्रहमा पठाउने योजना बनाएको थियो तर कोरोनाभाइरसको लकडाउन र केही प्राविधिक कारणले समय केही साता पर धकेलिएको हो।

प्रसिभिरेन्स (दृढता) नाम दिएको उक्त यानले मंगल ग्रहमा करोडौं वर्ष पहिलाको जीवनको अध्ययन गर्ने बताइएको छ।

Advertisement

यो यानको लक्ष्य मंगल ग्रहको उत्तरी ध्रुवमा रहेको जेजेरो भन्ने ठाउँमा पुग्नेछ । उक्त ठाउँमा पहिला एउटा ताल रहेको खुलेको छ। यदि मंगल ग्रहमा कुनै बेला जीवन थियो भने त्यसको संकेत गर्न सक्ने यो महत्वपूर्ण ठाउँ भएको वैज्ञानिकहरूको विश्वास छ। उक्त यान साढे ६ महिनापछि मंगल ग्रहमा पुग्ने बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top