विराटनगर–नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम विवाद भएपछि झन्डै साढे तीन घण्टा ढिलापछि शुरु भएको छ ।
यी दुई पार्टीले आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यानरमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विराेध गरेपछि कार्यक्रम ढिला हुन गएको हो ।
कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए ।
पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए ।
विवाद भएको ब्यानर बीचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएपछि कार्यक्रम सुचारु भएको थियो ।आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
आजको विवादले उनीहरुवीच भविष्यमा साना विषयमा पनि तनाव सिर्जना गर्न सक्ने संकेत दिएको पनि दिएको छ ।