१६ साउन, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ गतेबाट खेलाडीहरुलाई प्रशिक्षणका लागि अनुमती दिएपछि क्यानले तयारी थालेको हो ।
खेलाडी र त्रिवि मैदानका कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी क्यानले गरेको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै खेलाडीहरुलाई प्रशिक्षण गराईने क्यानले जनाएको छ । कोरोना रोकथामका लागि चैतमा सरकारले लकडाउन गरेपछि खेल गतिविधि ठप्प थिए ।