पाकिस्तानले रकेट हमला गर्दा अफगानिस्तानका १५ नागरिकको मृत्यु

१६ साउन ७७, शनिबार

१७ साउन, काबुल ।
पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइतेमध्ये कैयौँको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो ।

भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाई लक्ष्य गरेर भारी मात्रामा रकेटकहरूले हमला गरेको अफगान सेनाको भनाइ रहेको छ । हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ ।

Advertisement

जिल्लामा सर्वासाधारण नागरिकहरू बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरू प्रहार भएका थिए । त्यसैले यस हमलाबाट बाटो हिँडेका सर्वसाधारण नागरिक नै सिकार भएका छन् । जसका कारण जिल्लामा शुक्रबार राति पनि त्रास फैलिएको अफगानिस्तानको उक्त प्रान्तका सुरक्षा अधिकारीहरूले स्थानीय मिडियालाई जानकारी दिएका छन् ।

यी दुई देशको सीमा क्षेत्रमा के कति क्षति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन । अफगानिस्तानका सुरक्षाकर्मी र पाकिस्तानका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा पनि एक अर्कालाई हमला गर्ने गरी तयारी अवस्थामा बसिरहेका पनि अधिकारीहरूले जानकारी दिएका छन् ।रासस / एएनआई

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top