एफ ए कपको उपाधि १४ औं पटक आर्सनललाई

एफ ए कपको उपाधि १४ औं पटक आर्सनललाई

१८ साउन, काठमाडौं । एफ ए कप फुटबलको उपाधि आर्सनलले हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीलाई २-१ गोलले हराउँदै आर्सनलले १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।

खेलको ५ औं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी उप-विजेतामा सीमित भयो ।

चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ मिनेटमै गोल गर्दै अग्रता दिलाए । तर २८ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै आर्सनलका पियर इम्रिक औबामियाङले खेल १-१ को बराबरी गरे ।

त्यसपछि ६७ औं मिनेटमा औबामियाङले फेरि गोल गरेपछि खेल २-१ ले आर्सनलको पक्षमा पारे ।

७३ औं मिनेटमा रातो कार्ड पाएर मार्टियो कोभासिच मैदानबाट निस्किएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.