१८ साउन, एजेन्सी । इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा एसी मिलानले शान्दार जित निकालेको छ । घरेलु मैदानमा मिलानले काग्लिरीमाथि ३–० को जित निकालेको हो ।
मिलानको जितमा भेट्रान फरवार्ड, ज्लाटन इभ्राहिमोभिच र स्यामुइल क्यास्टिलेजोले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा रग्नर क्लाभानको आत्मघाती गोलबाट मिलानले अग्रता बनाएको थियो । ४४ औं मिनेटमा इभ्राहिमोभिच पेनाल्टीमा चुक्दा मिलानले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।
सेवास्टियनले इभ्राहिमोभिचलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी प्रदान गरेको थिए । तर, इभ्राहिमोभिचको पेनाल्टी काग्लिएरीका गोलरक्षक एलेसियो क्राग्नोले बचाइदिए । पेनाल्टीमा चुकेपनि इभ्राहिमोभिचले ५५औं मिनेटमा स्यामुइल क्यास्टेलेजोको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।
त्यसको दुई मिनेटपछि नै क्यास्टेलेजोले जियाकोमो बोनाभेन्टुराको पासमा गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।
जितसँगै मिलानले ३८ खेलबाट ६६ अंक जोडेर अर्काे सिजनको युरोपा लिगलाई स्थान पक्का ग¥यो । पराजित काग्लिएरी ४५ अंक जोडेर १३औं स्थानमा रहेर यो सिजन अन्त्य ग¥यो ।