१८ साउन, एजेन्सी । एक दिवसीय क्रिकेटको दोस्रो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई चार विकेटले हराएको छ । साथै इंग्लयान्डले सिरिजमा निर्णायक २–० को अग्रता बनाएको छ ।
जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्डले जोनी बियरस्टोको ८२ रनको मदतले आक्रमक सुरुआत गरेको थियो । तर उनीसँगै कप्तान इओन मोर्गन र मोइन अलि आउट भएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो ।
त्यसयता साम बिलिङ्स र डेविड विलीबीचको ७९ रनको साझेदारीका कारण इंग्ल्यान्ड १७ दशमलव ३ ओभरको खेल अगाडि नै जितसम्म पुग्न सफल रह्यो ।