नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

१८ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

संवादहीनताको अवस्थामा रहेका दुई अध्यक्षबीच अहिले केहीबेरअघिदेखि वार्ता सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार दाहाल ओलीलाई भेट्न ९ः५० मा त्यहाँ पुगेका थिए ।

१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा स्थगित भएपछि दाहाल पक्षका बहुमत सदस्य बैठक बसेका थिए । त्यसपछि दुई अध्यक्षबीच छलफल भएको थिएन । अध्यक्ष दाहालले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर छलफल भने गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.