आजका प्रमुख खबरहरुः
१.(सबैतिर बढे)
कोरोनाबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ५७ पुग्यो /आइतबार थप २ सय ४६ जनामा संक्रमण पुष्टि /हालसम्म २० हजार ३ सय ३२ जना संक्रमित /१४ हजार ६ सय ३ जना डिस्चार्ज ।
२.(नो आरडिटी)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण / देशभर १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा /५ हजार ६ सय ७२ जना आइसोलेसनमा /अब आरडिटी विधिबाट परीक्षण नगरिने ।
३.(जोखिममा प्रदेश)
विराटनगरमा १२ सहित प्रदेश १ मा आज २७ जना नयाँ कोरोना संक्रमित थपिए/ प्रदेशमा संक्रमितको संख्या १ हजार ७१ पुग्यो /८ सय २१ जना डिस्चार्ज ।
४.(बोलेर मात्रै भएन कि ?)
दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /३ लाखमा रहेको पीसीआर परीक्षण ६ लाखसम्म पु¥याउने तयारीमा सरकार अगाडि बढेको उल्लेख ।
५.(परीक्षणका प्रावधान)
स्वास्थ्य मन्त्रालयद्वारा कोरोना परीक्षण सम्बन्धी मापदण्ड परिवर्तन /अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने ।
६.(विदेशको विवरण)
कोरोना संक्रमणबाट गएको सात दिनमा विदेशमा थप २८ नेपालीको मृत्यु /विदेशमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ८९ पुग्यो/विदेशमा अलपत्र ३७ हजार ४ सय २४ स्वदेश फकिए ।
७.(कहिले सम्म होला ?)
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका चार जना नेताको छलफल निष्कर्षविहीन /झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्ष आ—आफ्नै अडान कायम ।
८.(पौडेल पनि के कम)
कांग्रेस सभापति देउवाले भेटेको भोलिपल्टै‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न नेता रामचन्द्र पौडेल पनि बसन्तपुर पुगे / अनसनरत युवाहरुका मागहरु प्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरवाही भएको पौडेलको भनाई ।
९.(रोकियो गुरुयोजना)
पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवाला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबीच छलफल /तत्कालका लागि गुरु योजनाको काम स्थगित / अध्ययन गर्न तीन सदस्यीय समिति गठन ।
१०.(कोरोनाले लडायो)
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द / महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा / प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा अहसज ।
११.(जहाँपनि बल प्रयोग ?)
उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि प्रहरी र प्रदर्शनकारीबीच झडप ÷१० जना प्रदर्शनकारी र केही प्रहरी घाइते ।
१२.(पाइला जन्मभूमिमा)
कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किए/मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जनासहित १८ वटा शव पनि ल्याइयो ।
१३.(लाखको सुन)
सुनको भाउ आज फेरी नयाँ कीर्तिमान बनाउँदै प्रतितोला ९९ हजार ६ सय पुग्यो /चाँदी प्रतितोला १२ सय ३० कायम /नयाँ गहना किन्ने भन्दा पूरानो गहना बेच्नेको संख्या बढ्यो ।
१४.(फुटबलको तयारी)
कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै सम्पूर्ण खेलाडीहरुलाई एन्फाले काठमाडौं बोलायो /भदौ पहिलो साताबाट बन्द प्रशिक्षण/नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध खेल्ने ।
र,
१५.(कोरोनाले सोत्तर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ६ लाख ८९ हजार बढीको मृत्यु /१ करोड ८० लाख बढी संक्रमित /१ करोड १३ लाख बढी संक्रमित निको भए ।