अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किए

अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किए

१८ साउन, एजेन्सी ।
बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोना मुक्त भएर आजै अस्पतालबो डिस्चार्ज भएको बच्चनले ट्वीटर मार्फत जानकारी गराएका छन् ।

आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।
गएको महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । अभिषेकलाई भने अझै पोजेटिभ देखिएकाले अस्पतालमै रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.