×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

पाँचथरको मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

१९ श्रावण २०७७

१९ साउन, पाँचथर ।

नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ ।

Advertisement
Advertisement

ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताए ।

चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो । “बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ”, चापागाईले भने, “यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएका मानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।”

डकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ ।

हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७/७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उनको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताए ।

यहाँ घुम्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ मृदुङ्गा झरना पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भए पनि पूर्वाधारका दृष्टिले शून्य अवस्थामा रहेकाले द्रूत गतिमा पूर्वाधार निर्माण आवश्यक रहेको बताउँछन् । “यहाँ पर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवद्र्धनबाट यहाँ ठूलो लाभ पनि लिन सकिने रहेछ”, नेम्वाङले भने, “यसका लागि स्थानीय तह र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।”

झरना निकै सुन्दर र आकर्षक रहेको तथा तमोर करिडोर सडक सञ्चालनमा आउन लागेकाले यहाँबाट स्थानीय तहले ठूलो आम्दानी लिन सक्ने नेम्वाङको भनाइ छ । “पूर्वाधार निर्माण र व्यवस्थित प्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभ लिन सक्दछ”, नेम्वाङले भने ।

फिदिम र ताप्लेजुङबाट यहाँ पुग्न लामो समय नलाग्ने हुनाले स्थानीय पर्यटकको चाप बढ्दै गएको हो । स्थानीयवासी एवं व्यवसायी चापागाईका अनुसार यहाँ हिउँदमा पानी कम हुने गर्छ । सुभाङ खोला झरना नजिकै रहेकाले त्यहाँका पानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उनको भनाइ छ ।

Advertisement

यस्तै, झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनुपर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top