विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ९२ हजार नाघ्यो

१८ साउन ७७, सोमबार

१९ साउन, जेनेभा।

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सङ्गठनका अनुसार सोमबारसम्म विश्वभरिमा एक करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितहरूमध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

Advertisement

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख तीन हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नाै लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top