आजका प्रमुख खबरहरुः
१.(आफ्नो सुरक्षा गर्नुस्)
सोमबार नेपालमा ४ सय १८ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो /१४ हजार ९ सय ६१ जना निको भए/कोरोनाका कारण विराटनगरमा एक जनाको मृत्युभएपछि मृतक ५८ पुगे ।
२.(परीक्षण र उपचार)
सोमबारसम्म पीसीआर विधिबाट ३ लाख ९८ हजार ९ सय ७ जनाको कोरोना परीक्षण /देशभर १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा /५ हजार ७ सय ३२ जना संक्रमित आइसोलेसनमा ।
३.(महानगरमा त्रास)
विराटनगरमा २२ जना सहित प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय २८ पुग्यो /८ सय २९ जना डिस्चार्ज ।
४.(नेपालगञ्जमा निराशा)
नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्षसहित आठ जना कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय अनिश्चितकालका लागि सिल /कोरोना संक्रमण बढेपछि जिल्लाभर तेस्रो पटक निषेधाज्ञा जारी ।
५.(कहिले जुट्छ सहमति ?)
प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचको आजको वार्ता पनि निष्कर्षबिहीन /दुवै आ–आफ्नै अडानमा /मंगलबार साँझ ५ बजे फेरि वार्तामा बस्ने ।
६.(जापान जानेको चाल)
नेपालस्थित जापानी दूतावास अगाडी जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड /उपत्यका सहित देशभरी संक्रमणको जोखिम बढेपनि दूतावासमा सेवा लिन जानेहरुले स्वास्थ्य सुरक्षाका उपाय नअपनाएको देखियो ।
७.(ई को अनसन)
कोरोनाभाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै १७ दिनदेखि अनसनरत इनफ ईज इनफका अभियन्ता ईको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना /ई अब अस्पतालमै अनशन बस्ने ।
८.(पर्वे पर्वको दिन)
आज जनै पूर्णिमा, रक्षाबन्धन पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईंयो/तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने प्रचलन /आजै क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने र स्वस्थ राख्ने मान्यता ।
९.(नेपालीले नेपालीलाई कुटेपछि)
मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊद्वारा प्रहरीसमक्ष आत्मसमर्पण /क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट भएपछि दुतावासद्वारा मुराऊविरुद्ध किटानी जाहेरी ।
१०.(सजाय कडा बनाउ)
एसिड आक्रमण गर्नेहरुलाई दिइने सजाय बढाउन महिला समितिको सरकारलाई निर्देशन / एसिड खरिद विक्री कार्यलाई नियन्त्रण तथा व्यवस्थित बनाउन खरिदकर्ताको विस्तृत विवरण अनिवार्य तथा पीडितको औषधि उपचार, सरकारी रोजगारीमा प्राथमिकताको व्यवस्था मिलाउन आग्रह ।
११.(एसिड बिक्री मापदण्ड ?)
नेपालमा बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण हुने गरेको तथ्याङ्क सार्वजनिक /एसिड जस्ता रासायनिक पदार्थहरु आयात गर्ने ऐन भएपनि विक्रि वितरणका लागि कुनै कानून नभएकोले समस्या ।
१२.(पूरानै भाडामा उडान)
नेपालमा लकडाउनका कारण प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय अनुसार वायुसेवा कम्पनीहरू सेवा सञ्चालनको तयारीमा /आन्तरिक हवाई सेवाका लागि साविककै भाडामा दैनिक ४८ वटा उडान हुने ।
१३.(महामारीको लाइसेन्स)
कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने /अवस्था सामान्य रहे दुई महिनापछि खोलिने यातायात व्यवस्था विभागको भनाई ।
१४.(नेपालको चिन्ता)
कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको अपील /मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएकोमा चिन्ता ।
र,
१५.(विश्वमा संक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ९३ हजार बढीको मृत्यु /१ करोड ८२ लाख बढी संक्रमित /१ करोड १४ लाख बढी संक्रमित निको भए ।