इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने

इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने

२० साउन, मिलान । इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ । निर्धारित कार्यक्रमभन्दा एक सातापछि लिग सुरु हुन लागेको इटालीको लिग आयोजकले जनाएको छ ।

सन् २०१९/२०२० को सिजन आइतबार मात्र सकिएको छ । त्यसअगाडि मार्चदेखि जुनसम्मको तीन महिना लिग कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो ।

यसपल्टको लिगमा क्रिसमसको बिदा पनि छोट्याइएको छ । जनवरीको पहिलो साता पनि खेल हुनेछन् । युभेन्ट्स सिरी ‘ए’ को डिफेन्डिङ च्याम्पियनको रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.