कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए, थप ४ उडान हुने

२१ साउन ७७, बिहीबार

योगेन्द्र योगी
२२ साउन, दोहा ।

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको ९५६३२ उडानमा ८ महिलासहित १५३ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव भुवन प्रसाद भट्टले जानकारी दिएका छन् ।

Advertisement

स्वदेश फर्कन लागेकाहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्ट लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरी अर्को उडान अगष्ट ८ र ९ मा हिमालय तथा अगष्ट ९ र १० मा नेपाल एयरलाइन्सले गर्ने तय भएको दूतावासले जनाएको छ ।

दूतावासले यस अघिका उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेको व्यक्तिहरुले पनि यी उडानहरूमा टिकट काटेर यात्रा गर्न सक्नेछन् । यी उडानका लागि हवाई टिकट उपलब्ध हुन नसकेमा आगामी उडानहरुमा टिकट काट्न सकिने दूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार संलग्न सूचीमा कतार सरकारको गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भैसकेका र स्वीकृतिका लागि प्रक्रियामा रहेका नामहरू छ्ट्याईएको छ । स्वीकृति प्राप्त भैसकेका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top