साउदीमा २३ नेपाली कामदार अलपत्र, ४ महिनादेखि न काम न दाम

योगेन्द्र योगी
२२ साउन, दोहा ।

Advertisement

काठमाडौँको भीमसेनगोला रहेको गोल्डेन इगल मेनपावर मार्फत बिगत ९ महिना अघि साउदी पुगेका २३ जना नेपाली कामदार अलपत्र परेका छन् । कम्पनी बन्द भएपछि साउदीको जुबेलमा विगत ४ महिनादेखि आफूहरु अलपत्र परेको पीडितहरु मध्ये दोलखाका भिम कुमार थामीले बताएका छन् ।

पिडितहरुका अनुसार नेपालबाट मेनपावर कम्पनीले साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर पठाएको तर साउदी आइपुगेपछि नास ट्रस्र्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको पीडित नेपालीहरुले बताएका छन् ।

Advertisement

म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ लिएको थियो । तर मेनपावरले भने जस्तो कम्पनी भएन न त सेलरी नै भयो ।

उनीहरूका अनुसार म्यानपावरले खाने बस्ने सुबिधा सहित आठ घण्टाको १ हजार साउदी रियाल हुन्छ भनेर पठाएको थियाे तर कम्पनीले आठ घण्टाको सुख्खा ९ रियाल दिने गरेको थियो । अहिले कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको उनीहरुको भनाइ छ ।

Advertisement

कम्पनी बन्द भएपछि उनीहरुलाई कम्पनीले बेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउँदा तोकिएको तलब लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् ।

म्यानपावर कम्पनीलाई पटक-पटक सम्पर्क गर्दा अहिले कोरोनाको कारण समस्या भएको र अवस्था सामान्य भएपछि उद्धारको पहल गर्ने बताउने गरेको कारणले आफूहरुको अवस्था झन् जटिल बन्दै गएको उनीहरूले बताएका छन् ।

यता, एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले भने त्यो कम्पनीमा ३५ जना नेपालीहरु बिना काम बिना तलब भएर बसेको बताउँदै साउदीस्थित नेपाली दूतावाससँग पनि बारम्बार समन्वय गरिरहेको जानकारी दिएका छन्।

 ‘खानाको समस्या भएमा जानकारी दिन भनेको छु । खानाको समस्या भए म राहत सामग्री पुर्याउने छु ।’ उनले भने । उता, उनीहरुलाई पठाउने गोल्डेन इगल मेनपावरका प्रतिनिधिलाई यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top