आज बिहान वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२२ साउन, वीरगञ्ज ।
बिहीबार बिहान वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएकोमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । अपरान्ह उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

Advertisement

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top