इतिहास बोकेको पहिलो जनयुद्ध सङ्ग्रहालय

२२ साउन ७७, शुक्रबार

२२ साउन, रोल्पा । 

रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो । जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको बताइएको हो ।

मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ । उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्बिरलाई झल्काइएको छ । सङ्ग्राहलयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुन बताउँछन् । “सङ्ग्रहालयबाट हामीले विगतमा गरेका कार्यको भावी सन्ततिले थाहा पाउनेछन्, हामीले युद्धबाट स्वर्णिम इतिहास रचेका छौँ”, पुनले भने । यही ब्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताए ।

Advertisement

देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताए । उनले भने, “सङ्ग्रहालयको अवलोकन गरेर मात्रै भए पनि युद्धकालीन सोधकार्य गर्न सकिन्छ ।” रातभरि मौषमी चन्दा उठाउन आम जनताले सहयोग गरेको स्मरण गर्दै सङ्ग्रहालय बन्दा आफूलाई आन्नद महसुस भएको केसीले बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमूनाका रूपमा राख्नुपर्ने बताए । उनले जनयुद्धकालीन सामग्रीलाई डेमोका रूपमा सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिए । उनले भने, “तत्कालीन माओवादी सेनाहरु जुनरूपमा बसेका थिए त्यतिखेरको स्वरुप जस्तो थियो, त्यस्तै रूपमा राख्नुपर्छ ।”

Advertisement

उक्त सङ्ग्राहलयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ । सङ्ग्रहालय परिसरमा एक हजार ३०० मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युद्धकालीन संरचनाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले रोल्पामा यस्ता युद्धकालीन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

प्रदेश सरकारको रु ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको रु ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताए । लकडाउनका कारण उपभोक्ता समितिले केही रकम खर्च गर्न नसकेको डाँगीले बताए ।

सङ्घीय सरकारल र प्रदेश सरकारको कूल रु ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो । प्यारामिटर एक हजार ३५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्णकार्य गरिएको छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत आएको पर्यटन विकासतर्फको बजेटले उक्त भौतिक पूर्वाधार निर्माण गरिएको डिभिजन वन अधिकृत दडिलाल कँडेलले जानकारी दिए । तत्कालीन सेनासँगको लडाइँमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेक राखिएको थियो ।

विस्तृत शान्ति सम्झौतापछि विसं २०६३ मङ्सिर ५ गते पाँचौं नम्बर डिभिजनअन्तर्गतका चार डिभिजनमध्येमा ज्वार स्मृति बिग्रेड तिलामा स्थापना गरिएको थियो । हाल झन्डै सात हेक्टर क्षेत्रफलमा उक्त सङ्ग्राहलय स्थापना गरिएको छ । हाल उक्त क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बेस क्याम्प राखिएको छ ।

विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र नेपाली सेनाबीच दोहोरो भिडन्त भएको थियो । यी ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन् । युद्धकालीन समयमा रोल्पामा ९६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए ।–उमा केसी/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top