Nepal Times
Nepal Times
3
Shares

नायक अनमोल केसीलाई कोरोना संक्रमणको आशंका

नायक अनमोल केसीलाई कोरोना संक्रमणको आशंका

२३ साउन, काठमाडौँ ।
संक्रमित सँगको  सम्पर्कमा आएपछि नायक अनमोल केसीको कोरोना परीक्षण गरिएको छ । यमाहा बाइकको विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा संक्रमितसँग सम्पर्क भएका कारण उनको कोरोना परीक्षण गरिएको हो ।

यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो । अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । ती महिलासहित कोरोना संक्रमण देखिएपछि अनमोल केसी, उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नायक केसीले आजसम्म रिपोर्ट नआएको बताउँदै सम्भवतः भोली रिपोर्ट आउने जानकारी दिए । उनले भने–‘फोटोसुटको बेलुकी यमाहाको टिमले मलाई जानकारी दिएपछि मैले २ दिन अगाडि कोरोना परिक्षण गरेको छु । तर, रिपोर्ट अहिलेसम्म आइसकेको छैन । सायद, भोलीसम्म आउँछ होला ।’

अनमोल अहिले घरमै आइसोलेसनमा छन् । लकडाउन खुलेसँगै अनमोलले विभिन्न ब्रान्डका विज्ञापनको लागि भिडियो र फोटोसुट गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.