विदेशमा अलपत्र ४५ हजार ६६२ नेपालीको उद्धार

२४ साउन, काठमाडौँ ।

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्धार भएको छ ।

Advertisement

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका पाँच हजार ७८२, प्रदेश नं ५ का सात हजार ४७९, कर्णाली प्रदेशका एक हजार २६ र सुदूरपश्चिम प्रदेशका एक हजार १६८ जनालाई उद्धार गरिएको छ । शुक्रबारमात्र ८६३ जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १५१ जनाको शव ल्याइएको उक्त केन्द्रले जनाएको छ । रासस

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top