राष्ट्रियसभाका विषयगत समिति सभापतिहरुले लिए सपथ ग्रहण

२४ साउन ७७, आइतबार

२५ साउन, काठमाडौं ।
राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आइतबार सपथ ग्रहण गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आइतबार सपथ ग्रहण गराएका हुन । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध निर्वाचित भएका सभापतिहरुलाई आइतबार राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सपथ गराएका हुन ।

सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताए ।

Advertisement

सरकार संसदप्रति उत्तरदायी, जवाफदेही बनाउन सक्रियता पूर्वक काम गर्ने समयमा महामारीले केही असर गरेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडी बढ्ने बताइन ।

Advertisement

गत विहिबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) को मनोनयन परेको थियो ।

सबै समितिहरुमा एक एक जनाको मात्रै मनोनयन परेकाले निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top