नेकपा सांसदको नेतृत्वलाई चेतावनी- टाउको गनेर पार्टी विभाजन हुँदैन

२५ साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ ज्ना सांसदहरुले पार्टी फुटन नदिने प्रतिवद्धता जनाएका छन् । सांसदहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरी पार्टी एकताको पक्षमा प्रतिवद्धता जनाएका हुन् ।

पार्टी भित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभई एकताको पक्षमा उभिएको भन्दै हस्ताक्षर गरी प्रतिवद्धता जनाएका हुन् । सांसदहरुले आफुहरु तीन वटै नेतालाई भेटन जाने नभई तीन वटै नेताहरुलाई भेटन आउने बनाउने बताएका छन् । सांसदहरुको हस्ताक्षरलाई विशेष अधिवेसन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् ।

Advertisement

सांसदहरुको टाउको गनेर पार्टी विभाजन गर्ने सपना देख्ने नेताहरुको सपना पूरा हुन नदिन अभियान थालिएको सांसदहरुले स्पस्ट पारेका छन् । उनीहरुले पार्टी अहिले चौथो युगमा प्रवेश गरिसकेको र पाँचौ युगलाई हस्तान्तरण गर्ने अवस्थामा सांसदहरुलाई कित्तामा विभाजन नगर्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् । उनीहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गरे । विचार धारा, वैचारिक र संगठनात्मक हिसाबले सुदृढ कम्युनिष्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो की पार्टीलाई टुटफुट र ध्वंस गरेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् । उनीहरुले नेतृत्वले समस्या समाधान नगरे हस्तक्षेप सम्मगर्न सक्ने बताएका छन् ।

हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्री बाहेकका संघीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पस्ट पारेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाई गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । नेतृत्वले पार्टी निर्माण एकीकरणका लागि गरेको योगदानलाई सम्मान गर्ने तर व्यक्तिगत इच्छाका लागि गरेको संघर्षमा साथ नदिने पनि सांसदहरुले स्पस्ट पारेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top