×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

धरानमा गोली चल्यो, ज्यान मुद्दाका फरार कुम्भे समातिए

११ बैशाख २०७५

 

११ वैशाख, विराटनगर ः  फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो प्रहरीले धरानमा एक राउण्ड गोली चलाएको छ ।

Advertisement
Advertisement

 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई  धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गाेली चलाएर पक्राउ गरेकाे  हो ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई छन् । पक्राउका लागि राईलार्इ लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए ।

यसअघि सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई गरिएकाे छुरा प्रहारमा  कुम्वेको समूहकाे संलग्नता रहेकाे थियाे ।

खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।

घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।

Advertisement
Advertisement

सामान्य रिसिबीका क्रममा उनीहरुले दुई जनालाई छुरा प्रहार गरेकाे प्रहरीले जनाएकाे  छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top