×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026

विरोधको बेवास्था गर्दै देउवाद्वारा दस विभागमा मनोनयन

२६ श्रावण २०७७

२६ साउन, काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् ।

आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् । उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् ।

Advertisement
Advertisement

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाएका हुन् ।

सभापति देउवाले गरेको विभाग गठन विधानको विरुद्धमा समेत छ । पार्टीको विधानअनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ ।

सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थालेका हुन् । देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसकेका छन् ।

एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन । संस्थापन इतरपक्षका लागि भन्दै अरु सदस्यहरु खाली राखिएको देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।

अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु देउवाले मनोनयन गरिसकेका छन् । आफ्नो समूहका केन्द्रीय सदस्य शिव हुमागाईं विभाग प्रमुख बनाइदिए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि विभाग गठनको विरोधमा देखिएका छन् ।

यसले महाधिवशेन निष्पक्ष र स्वतन्त्रतापूर्वक हुनेमा पौडेल र सिटौला पक्षका नेताहरु संशकित छन् । देउवाले थप ७ वटा विभागलाई पूर्णता दिने तयारीमा जुटेका छन् । स्थानीय तहका नेता तथा कार्यकर्तालाई पद बाँडेर महाधिवेशन प्रभावित पार्ने योजना देउवामा रहेको भन्दै संस्थापन इतरपक्षले विरोध गर्दै आएको हो ।

कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महाधिवेशनको नेतृत्व गर्ने पार्टी सभापति नै आफ्नो उम्मेदवारीलाई फाइदा पुर्‍याउने गरी काम गरिरहेको बताए । ‘सभापतिले आगामी महाधिवेशनका उम्मेदवार शेरबहादुर

Advertisement
Advertisement

देउवालाई कसरी जिताउन सकिन्छ भनेर काम गरिरहनु भएको छ,’ रिजालले भने, ‘पार्टीभित्रै यस्तो बदमासी गर्न थालिएपछि राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री केपी ओलीले बदमासी गरे भनेर बोल्न नैतिक बल गुमेको छ ।’

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top