सुनचाँदीको भाउ घट्यो

२६ साउन, काठमाडौं । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

Advertisement

सुन आज प्रतितोला एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ ।

Advertisement

चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top