×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द

२६ श्रावण २०७७

२६ साउन, कपिलवस्तु । कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी गरी ५ जनामा कोराना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

आइतबार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन दिनअघि अस्पतालका ल्याब असिस्टेन्टमा पनि कोरोना संक्रमण देखिएको थियो ।

Advertisement
Advertisement

अस्पतालमा कार्यरत नर्सिङ, ल्याव, एक्सरे ओपिडी फाँटका एक(एक गरी चारजना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि आजदृखि आकस्मिकबाहेक सेवा बन्द गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले अस्पतालमा आउने र रहेका बिरामी तथा स्वास्थ्यकर्मीमा समेत कोरानाको उच्च जोखिम रहेपछि आवश्यक सुरक्षा र सावधानीका लागि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका अति आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको बताए।

अति आकस्मिक सेवा दिने बिरामीलाई मात्र गेटमै अवस्था हेरेर उपचार गरिने उनले बताए। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब संकलन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यस्तै कपिलवस्तु नगरपालिका क्षेत्रभित्र रहेको होटल तथा रेष्टुरेन्ट पनि सोमबारदेखि बन्द गरिएका छन्। कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भएपछि बन्द गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ।

संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलाई पनि थप कडाइ गर्ने संकेत गरेको छ।

गत साउन २२ गते ३२ गतेसम्मका लागि आंशिक क्षेत्रमा निषेधाज्ञा जारी छ।

Advertisement

वित्तिय संस्था र सार्वजनिक यातायात बन्द रहे पनि बजार र निजी सवारी साधन सञ्चालन भएकोले सोमबारदेखि अत्यावश्यकबाहेक अरू सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top