भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

२६ साउन ७७, सोमबार

२६ साउन, एजेन्सी ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

सोमबार दिउँसो मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आज मेरो परीक्षणको नतिजा कोरोना पोजिटिभ आएको छ ।

पछिल्लो हप्ता मसँग भेटघाट गरेका जति पनि हुनुहुन्छ, उहाँहरू सबै अलग्गै बस्नुस् र कोभिड–१९ परीक्षण गराउनुस् ।’ भारत कोरोना प्रभावित खराब सूचीमा विश्वको तेस्रो स्थानमा छ । त्यहाँ २२ लाख १७ हजार बढि संक्रमित रहेका छन् ।

Advertisement

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४४ हजार बढिको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top