गंगबु हत्याकाण्डको अभियुक्त सार्वजनिक, यसरी भएको थियो हत्या

२७ साउन, काठमाडौं । काठमाडौको गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ ।

 

मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरि फरार रहेकि कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो ।

प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापूर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो ।

गंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।

कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाण्डौ ल्याइ मंगलबार सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताइएको छ । अभियुक्त कल्पनाले पनि हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

प्रहरी सँगको बयानमा उनले नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाए पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौँ प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मरले प्रहार गरेकी र त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । त्यसपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डका आरोपी कल्पना र मृतक कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको र सो दिन पनि बोहोरा कल्पनाकै कोठामा बस्ने गरी गएकोमा कल्पनाले दही, चिउरा, मासु र भोडका खान दिएको खुलेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top