आजका प्रमुख खबरहरुः
१.(मृतक र संक्रमित थप)
नेपालमा हालसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु /आज मंगलबार ६ सय ३८ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो /१६ हजार ६ सय ६४ जना निको भए ।
२.(४ लाखमा ७ हजार)
मंगलबारसम्म पीसीआर विधिबाट ४ लाख ६२ हजार ६ सय ९८ जनाको कोरोना परीक्षण / देशभर ११ हजार ५८ जना क्वारेन्टिनमा / ७ हजार २ सय १ जना जना आइसोलेसनमा ।
३.(कोरोनाको हटस्पट)
मंगलबार प्रदेश १ मा अहिले सम्मकै उच्च ९८ कोरोना संक्रमित थपिए /विराटनगरमा मात्र एकैदिन ५० जनामा संक्रमण पुष्टि /प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुग्यो ।
४.(कसको बिग्रियो मति ?)
पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारको आलोचना गर्ने गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आरोप / मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैको मति सप्रियोस् भन्दै शुभकामना व्यक्त ।
५.(प्रसूतिमा पीसीआर)
काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पनि कोभिड १९ को परीक्षण सुरु /अस्पतालले संक्रमणको आशंका लागेका विरामीलाई छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै ।
६.(कस्ता दिन आए)
संक्रमण बढ्दै गएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द /सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने /होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने ।
७.(नाका नखुल्ने)
देशका १० वटा नाकाबाट मात्रै अब नेपाल आउन पाइने /सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय /मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई मात्र नाकाबाट भित्रिन दिइने ।
८.(उड्न र गुड्न रोकियो)
हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने सरकारको निर्णय/अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने र उद्धार उडान भने जारी रहने ।
९.(कता जादैछ समाज ?)
गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीद्वारा सार्वजनिक /हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको प्रहरीको भनाई /स्लिपिङ ट्याब्लेट खुवाएपछि हत्या गरेको पौडेलको बयान ।
१०.(भट्टलाई अड्चन)
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाज गर्न नलगाउन उच्च अदालत पाटनको अन्तरिम आदेश / दुवै पक्षबीच छलफल नहुँदासम्म निर्णय यथास्थितिमा राख्न निर्देश ।
११.(स्थानीय जागे)
हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै काठमाडौ बालाजु बाईपासका स्थानीय आन्दोलित /समस्या समाधान गर्न सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएको गुुनासो ।
१२.(राधे कृष्ण)
आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन आज पूजा–आजा गरी मनाइयो / कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदै यसवर्ष मठमन्दिरहरु भने बन्द रहे ।
१३.(जुँगाको लडाईं)
नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद /आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद ।
१४.(बन्यो त कोरोना खोप ?)
विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको घोषणा /रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको भ्याक्सिन आफ्नै छोरीमा सफल परीक्षण भएको पुटिनको दाबी ।
र,
१५.(आज विश्वभर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ७ लाख ३९ हजार बढीको मृत्यु /२ करोड २ लाख बढी संक्रमित /१ करोड ३२ लाख बढी निको भए ।