२८ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाको बिभिन्न स्थानबाट १९ लाख भन्दा बढीको बिभिन्न किसिमका अबैध सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार बिहानको राती १ बजेको समयमा मेचीनगर नगरपालिका-१५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिव १९ लाख भन्दा बढीको समान बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको औषधी तथा अन्य समानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।