×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

पौडेलले भने, ‘देउवा कामचलाउ भईसके, एकल निर्णय गर्न मिल्दैन’

२८ श्रावण २०७७

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् ।

सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे ।

Advertisement
Advertisement

बुधबार काठमाडौं स्थित नेपाल टाइम्स सम्बाददातासँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताएका हुन् । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए ।

उनले भने ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे ।

उनले भने ‘यो मिच्ने बानीप¥यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पु¥यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात ग¥यो, क्षती पु¥यायो र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघि देखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए ।

उनले भने ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौं की यसरी धज्जि नउडाऔं । विधानको धज्जि नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जि नउडाऔं । कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो ।

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताए ।

उनले भने ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढीसकेका छौं । महाधिवेशनमा प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशिलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरी यो त जालि कुरा हो नी । यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पु¥याउन पाइन्छ ?

पार्टीमा विधान मिचेको विषयलाई गम्भिरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए । अहिलेको केन्द्रीय समितिमा उहाँको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाण सहित विकल्प खोज्ने बताए ।

उनले भने ‘यो विषयलाई हामी गम्भिरतापूर्वक उठाउँदै जान्छौं । यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं । त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफु नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारे । तर पार्टीले आफुलाई न्याय गर्नुपर्ने उनको भनाई छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताए । पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पु¥याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ ।

उनले भने ‘हामी नै हुनुपर्छ मै हुनुपर्छ भनेर मैले कहिलेपनि भनेको छैन् । तर एउटा कुरा को हो भने समाजले न्यायचाहिं गर्नुपर्छ । पार्टीका आम साथिहरुले न्याय चाहिं गर्नुपर्छ । पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान सत्ताको, त्यसको विवेक त पु¥याउनु पर्छ नी । उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिं हुँदैन । स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ ।

कम्युनिष्टहरु असफल भए

Advertisement

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए । कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको बताए । सरकारले आइसियु, भेन्टीलेटर र आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था नगरी नागरिकलाई विचल्लीको अवस्थामा पु¥याएको पौडेलको भनाई छ । कम्युनिष्ट सरकारले कुनैपनि मानविय समस्याको समाधान गर्न नसक्ने दावी गर्दै उनले अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना भएको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top