×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

राज्य ब्यवस्था समितिले सरकारसँग माग्यो सीमा विवाद समाधानको प्रगति

२८ श्रावण २०७७

२८ साउन, काठमाडौं ।
नेपाल—भारत संयुक्त सीमा टोली अन्तर्गत नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले नेपाली टोलीले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रका सीमावर्ति जिल्लामा तयार पारेको स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

समितिले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री र अधिकारीहरुसँगको छलफल पछि सो सम्बन्धमा जानकारी गराउन निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा के भएको हो जानकारी गराउन निर्देशन दिइन । उनले सीमा सम्बन्धमा दुई देशबीच क्लोज सेसनमा बस्ने बेलामा कुनै कसुर बाँकी नराख्ने गरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न र त्यस सम्बन्धी जानकारी समितिलाई गराउन समेत निर्देशन दिइन ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवादहरुको समेत स्थायी समाधानका लागि अहिले सम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै हराएका सीमा स्तम्भहरु आधुनिक प्रविधिद्धारा पत्ता लगाई तत्काल पुनरस्थापना गर्ने, सीमा स्तम्भको दुरी कमगर्ने र भत्केका सीमा स्तम्भको मर्मत सम्भार गर्ने, सीमा क्षेत्रमा नेपालको तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा समितिले अहिले सम्म दिएका निर्देशनहरुलाई प्रभावकारी कार्यन्वयन गर्न समेत निर्देशन दिएको छ ।

यस्तै सीमा क्षेत्रमा नापी भएका जग्गाहरुको लालपुर्जा अहिले सम्म पनि प्राप्त नभएको जनगुनासो आएकाले तत्काल जग्गा धनिलाई लालपुर्जा दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी सीमावर्ति क्षेत्रमा नेपाल प्रवेश गर्न तोकिएका नाकाहरुमा कडाइका साथ चेकजाँच गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

यस्तै सीमानाकाहरुबाट आवतजावत गर्ने नागरिकहरुको पहिचान खुल्ने परिचयपत्रको आधारमा अनिवार्य अभिलेख राख्न र सबैको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ ।

Advertisement

उपत्यका लगायत अन्तर जिल्ला प्रवेश गर्ने नाकाहरुमा चेकजाँचलाई कडाई गर्न र स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top