महानगरका मेयरले काम गर्ने कि सहानुभूति खोज्ने ?

२८ साउन ७७, बिहीबार

✍आभास फुयाल
केही समययता बिराटनगरमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। समुदायमा कोरोना फैलिएपछि बिराटनगर लकडाउनमा छ। समुदायमा फैलिएको सङ्क्रमण रोक्न लक डाउन गरिएता पनि उचित परिक्षण हुन सकेको छैन। मास टेष्टिङ गर्न स्थानिय प्रशासन चुकिरहेको छ। हिजो मात्रै बिराटनगरमा ५० जना र आज दिउँसो सम्म १२ जना सङ्क्रमण थपिएका छन् । जिम्मेवारी बोध भएर कर्तव्यनिष्ठ भएर काम गर्ने बेलामा के स्टाटस हाल्दैमा आफुले कर्तब्य पूरा गरेको हुन्छ र? प्रदेश १ राजधानी बिराटनगर हो, प्रदेश भरिका स्वाव सङ्कलन भइ आउने ठाउँ बिराटनगर नै हो ।

प्रदेश भरिका भार थेग्न प्रयोगशालालाई हम्मे हम्मे पर्छ नै प्रदेश सरकारले प्रयोगशाला थप वा प्रयोगशालाको क्षमता अभिवृद्धि गर्नै पर्छ, त्यसमा कुनै दुईमत हुनै सक्दैन । तर, के महानगरको जिम्मेवारी भनेको केबल सहानुभूति पाउन सामाजिक सञ्जालमा स्टाटस मात्र हाल्ने हो कि जिम्मेवारी पनि पूरा गर्ने? नेपालको संविधानको अनुसूचि ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सुचि सम्बन्धि व्यवस्थाले नै स्थानीय तहलाई विपद् व्यवस्थापन सम्बन्धी स्थानीय निति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने अधिकार दिएको छ।

त्यस्तै आधारभुत स्वास्थ्य र सरसफाइमा पनि स्वास्थ्य सेवक, संचालन र प्रवद्र्धन, अस्पताल अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन गर्ने समेत अधिकार संविधानले स्थानीय निकायलाई जिम्मा दिएको छ। यस्तोमा मेयर जस्तो जिम्मेवार व्यक्तिले सामाजिक सञ्जालमा यसरी पोष्ट गर्नु हास्यास्पद छ। यति अधिकार हुँदा हुदै पनि मेयरको सामाजिक सञ्जालमा आएको टिप्पणी हेर्दा मेयर पदको हैसियत बाल क्लबको अध्यक्ष भन्दा सानो भएको हो त या आफू जोघिने मेलो भन्ने प्रश्न उठाउने ठाउँ धेरै छन।

Advertisement

कुनै पनि कानुनले नत बिराटनगर महानगरपालिकालाई पिसिआर मेसिन खरिद गर्न रोकेको छ ,नत जनप्रतिनिधिको हात नै रोकेको छ। भारतको नयाँ दिल्लीले पनि आफ्नो सहरको परिक्षण आफैँ गरिरहेको छ, अनि हाम्रालाई कसले रोक्यो? दिल्लीसँग विराटनगरलाई दाज्न सकिदैन र मिल्दैन पनि यी दुईका बीचमा आकाश जमिनको अन्तर छ । तर आफ्नो क्षमताले गर्न नै नसक्ने गरी हात उठाएकै हो त महानगरले ?गत २४ गतेको विवरण अनुसार बिराटनगर महानगरपालिकाले मात्र ३५ सय ४५ पिसिआर परिक्षण गरेको छ, समुदायमा फैलिसकेको भाइरस रोकथामका लागी के यो परिक्षण चित्तबुझ्दो छ र? मेयर ज्यु को दुई वटा सवारीसाधन भएको पनि केहि समय अघि समाचार मा आइरहेको थियो, मेयरकै लागी २ वटा सवारीसाधन किन्न सक्ने महानगरले पिसिआर किनेर आफै परिक्षण गर्न सक्दैन? बिराटनगर महानगरपालिका लकडाउनमा छ तर खोइ मास टेष्टिङ ? लकडाउनको उपयोग खोई गरिएको ? शील गरिएको वडा नम्बर ९ मा कति टेस्ट भए ? त्यहाँ टेस्ट गर्न पनि कसैले हात बाँधिदिएको छ कि मेयरज्यूको ?

कुनै एक सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार साउन २१ गतेदेखि २७ गते मंगलबारसम्म प्रदेशभरी १० हजार २६८ जनाको पीसीआर परीक्षण भएको प्रदेश सरकारको तथ्यांक छ । जसमध्ये विराटनगर महानगरपालिका भित्र एक हजार १६६ जनाकोमात्र परीक्षण भएको छ । जुन कुल परीक्षणको ११ प्रतिशत मात्र हो । यसले लापरबाहीको पराकाष्ठा देखाइरहेको छ। लकडाउनलाई कडा बनाएर परीक्षणको दायरा नबढाउने हो भने महानगरमा कोरोना नियन्त्रण बाहिर जाने अवस्था नआउला भन्न सकिन्न । त्यसैले पनि आआफ्नो जिम्मेवारी आफैले पूरा गर्नु पर्ने अवस्थामा अरुको मुख ताक्ने प्रवृत्ति महानगरले अन्त्य गर्नु पर्छ र आफैँ आफ्नो जिम्मेवारी पुरा गरि आइसोलेसन अस्पताल र आफ्नै पिसिआर मेसिन खरिद गरी परिक्षणको दायरा फराकिलो पार्नु पर्छ। दिनमा २०० भन्दा कम परिमाणले महानगरमा थप जोखिम बढाइरहेको छ ।
कांग्रेसको सरकार हुँदा एमालेले समर्थन गरेन, एमालेको हुँदा माओवादीले ,माओवादीको हुँदा एमाले ले यही एक अर्कालाई दोष लगाउने प्रवृत्तिले विकृति मौलाएको छ । जनताले नपाउने गरी दुख पाएका छन । नेताज्यु कमसेकम यस्तो बेलामा त जिम्मेवार बनेर एक अर्कालाई दोष नलगाइ आफैँ पिसिआर खरिद गरेर छिटो भन्दा छिटो नगरवासीको रिपोर्ट निकाल्न सकिएला नि? आफै आइसोलसन बनाएर उपचार गराउन सकिने रहेछ भनेर त महानगरले देखायो भने , मेसिन किनेर नगरवासीको टेस्ट गराउन किन नसक्ने ? कति अरुको मुख ताक्ने ? कति दोष एकअर्कालाई मात्र लगाउने? ठीक छ प्रदेश सरकारले महानगरका जनताको टेस्ट गर्न तदारुकता देखाएन ?

Advertisement

सरकारलाई महानगरवासीको चिन्ता भएन ।ठीकै छ यसको मुल्याङ्कन जनताले गर्नेछन् तर यसो भनेर महानगर चुप लागेर बस्न भएन । आफुसगँ भएको अधिकार प्रयोग गरे कसले रोक्छ मेयर ज्यु? अरुले गरेनन, भने आफु नि जिम्मेवारीबाट पछि हट्न भएन नि ? आफ्नो जिम्मेवारी कर्तब्यनिष्ठ भएर पूरा गरेर प्रदेश सरकारको मुख बन्द गर्न र बिरोध गर्ने सबैको मुख बन्द गराउन सक्ने दृढ विश्वास राख्नुहोस् मेयर ज्यु । प्रदेश सरकार र केन्द्रीय सरकारको त मुल्यांकन जनताले गर्ने नै छन् । स्थानीय सरकारको पनि मुल्यांकन जनताले गरिरहेका छन्। यस्तो बेला सामाजिक सञ्जाल मार्फत जनता हँसाएर सद्भाव बटुल्नेभन्दा आफ्नो जिम्मेवारी पूरा गरौ मेयर ज्यु, आगामी चुनाबमा जनताको मुल्याङ्कन अनुसारको परिणाम आउने नै छ। जनताले स्थानीय कर तिरेका छन् त्यसको सदुपयोग गरौ न मेयर ज्यु। जिम्मेवार बनाैँ एक अर्कालाई दोष लगाउने काम बन्द गरौँ । सबै तहका मुल्यांकन जनताले गरेकै छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top