सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

२९ साउन, काठमाडौं ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार बेलुका एक सुचना जारी गरी नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै अर्को व्यवस्था नहुँदासम्मका लागि बिहीबारदेखि कुनै पनि सवारी पास जारी नगर्न निर्देशन दिएको हो ।

Advertisement

मन्त्रालयको परिपत्रमा भनिएको छ–‘‘मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ ।’

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउनरजानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top