संचारमाध्यममा ५ अर्बले व्यापार घट्यो, आशा सरकारसँगै

२८ साउन ७७, बिहीबार

२९ साउन, काठमाडौँ ।
कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म कमि आएको नेपाल विज्ञापन संघ (आन)ले बताएको छ । आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म गिरावट आएको बताएका छन् । तर पछिल्लो समय लकडाउन खोलिएपछि भने विज्ञापन बजारमा ५० प्रतिशत सुधार आएको उनले बताए ।

लकडाउन सुरुभएपछि पनि डेढ महिना सम्म व्यवसायीहरु पर्ख र हेरको अवस्था रहदा विज्ञापन बजारमा कुनै असर नपरेको तर त्यसपछि भने एकैपटक ८० प्रतिशतले कारोबार घटेको उनले बताए । उक्त समयमा सबैभन्दा धेरै असर पत्रपत्रिकामा परेको पनि उनले बताए । रेडियो र टेलिभिजनमा खासै असर नपरेपनि पत्रपत्रिकामा सबैभन्दा बढी असर परेको बताए । उद्योगी व्यवसायीहरुले नेपालको मिडियाको लागि काम गर्नुपर्छ भन्ने वातावरण नबन्दा सम्म विज्ञापन बजारमा सुधार हुन नसक्ने उनको भनाई छ । त्यसका लागि सरकारबाट नै सहयोग हुनुपर्ने रिजालले बताए ।

आर्थिक वर्ष २०७५÷०७६ मा करिब १२ अर्ब बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो । त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यम मार्फत भएको थियो । तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सिमित भएको रिजालले बताए । त्यस्तै होडिङ बोर्डमा १ अर्ब बराबरको विज्ञापन भएकाले समग्रमा ७० प्रतिशत भन्दा बढी कारोबार घटेको उनले बताए ।

Advertisement

चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको तर यहि अवस्था रहेमा औषतमा ५० प्रतिशत कारोबार हुन सक्ने बताए । जसमध्ये सञ्चार माध्यमले ४० प्रतिशत भन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने उनले बताए । त्यसैले सरकारले विज्ञापन बजारको वातावारण निर्माण गर्न विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top