बुटवलमा आज रातिबाट भदौ ५ गतेसम्म लकडाउन

बुटवलमा आज रातिबाट भदौ ५ गतेसम्म लकडाउन

२९ साउन, बुटवल । बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार रातिदेखि लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए । लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् ।

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.