न्यूजिल्याण्डमा पुनः लकडाउन गरिएको भोलिपल्टै थपिए १४ नयाँ संक्रमति

२९ साउन ७७, बिहीबार

२९ साउन, एजेन्सी ।

Advertisement

न्यूजिल्याण्डमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको भोलिपल्ट बिहीबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

तीन महिना भन्दा धेरै समय स्थानीय संक्रमण नदेखिएको न्यूजिल्याण्डमा यो हप्ता एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ओक्ल्याण्डमा बुधबारदेखि तीन दिने लकडाउन लागु गरिएको हो ।

संक्रमण पुष्टि भएका सबै व्यक्ति क्वारेन्टिनमा गएको र उनीहरुको सम्पर्कमा आएका केही व्यक्तिहरु पनि क्वारेन्टिनमा बस्ने स्थानीय अधिकारीले बताएका छन् । न्यूजिल्याण्डमा अहिलेसम्म १५ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट अहिलेसम्म न्यूजिल्याण्डमा २२ जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top