नापी विभागका कर्मचारीलाई देशद्रोहीको मुद्धा लगाऔंः अन्तर्राष्ट्रिय सिमा सरोकार

२९ साउन, काठमाडौं । द्वन्दकालिन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको छ ।

सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपछि कञ्चनपुर लगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन ।

Advertisement

द्वन्दकालीन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का कारण सयौँ विगाहा जमिनमा भारतीय पक्षले दावी गरिरहेको छ । त्यो जमिनको स्वामित्व नेपालीको र भोगचलन भारतीय पक्षले गरिरहेका छन ।

Advertisement

अन्तर्राष्ट्रिय सिमा सरोकार समिति, कंचनपुरका संयोजक पल्लवराज भट्टले २०५८ देखि २०६० को द्वन्दकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोली समेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको बताए ।

उनले भने, ‘‘नापी टोली भारतीय टोलीसँग भारत तिर नै बस्यो । उतैबाट सरोकारवालसँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो । भारत तीरै नापी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतीखेर खटिएका थिए उहाँहरुको कमजोरी हो । उहाहरु चुकेको हो । नियतवस गरेको हो । या डिफेन्स गर्न नसकेर गरेको हो । उहाँहरुको कमजोरी छ ।’

स्ट्रिप नक्सामा दुबै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन । कालापनी र सुस्ता क्षेत्रको विवाद समाधान गरेर मात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भएपनि नापी विभागका कर्मचारीहरुले भने हस्ताक्षर गरिसकेका छन ।

सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने सुझाव उनको छ । नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबावमा परेर वा नियतवस जे भएपनि कमजोरी गरेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउँदै संलग्न कर्मचारीहरुलाई देशद्रोहीको मुद्धा लगाउनुपर्ने बताए ।

उनले भने, ‘‘कमजोरी भएको छ । त्यो सच्याउनुपर्छ । कमजोरी गर्ने कर्मचारीलाई देशद्रोहीको मुद्धा लगाएर कारवाही गर्नुपर्छ । देशको सीमानामा राज्यको सर्वेक्षक गएर भूमि भारत गाँभ्ने कुरा सामान्य होइन । यहाँहरुलाई मुद्धा लगाएर जेलमा हाल्नुपर्छ । र त्रृटि भएको नक्सा सच्याउनलाई भारतसँग कुटनीतिक ढंगले अगाडी बढ्नुपर्छ ।’’

बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिहरु लगायत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, नापी विभाग र परराष्ट्रका अधिकारीहरुसँग संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।

दुवै तर्फको प्रतिनिधिमुलक संयन्त्रहरु बनाएर सीमा नक्सा तयार गर्ने क्रममा २०४५ देखि २०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो । २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top