अयोध्यामा मोदीसँगै भूमिपूजनमा सहभागी नृत्य गोपाल दासलाई कोरोना संक्रमण

२९ साउन ७७, शुक्रबार

२९ साउन, एजेन्सी ।
अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्यगोपाल दासमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

राम जन्मभूमि ट्रष्टका अध्यक्ष रहेका ८२ वर्षीय गोपाल दास बुधबार कृष्ण जन्माष्टमी मनाउनका लागि मथुरा पुगेका थिए। बिहीबार बिहान अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महन्थ गोपाल दासको स्वास्थ्य उपचारमा सक्रिय र गम्भीर भएर लाग्न आग्रह गरेका छन् । उत्तर प्रदेशको मथुराका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ एसआर मिश्रले महन्थ दासलाई उपचारका लागि मेदान्त अस्पतालमा भर्ना गरिएको बताए ।

साउन २१ गते अयोध्यामा राममन्दिर स्थापनाका लागि भूमिपूजन समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा महन्थ नृत्य गोपाल दाससँगै भारतीय प्रधामन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तरप्रदेशका राज्यपाल लगायतको उपस्थिति रहेको थियो । उनी करिब एक घण्टा मोदीसँगै मञ्चमा बसेका थिए।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top