मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्ति कारबाहीमा

३० साउन, काठमाडौं ।
सरकारले मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।  सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मास्क प्रयोग नगर्ने ४,१९,५३८ जनालाई नियन्त्रणमा लिएर ३,५४,५८३ सम्झाई बुझाई छाडिएको र ३९,५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई गरेर छाडिएको जनाईएको छ । त्यस्तै २५,२०७ जनालाई भने जरिवाना तिराईएको छ ।

गृह मन्त्रालयका अनुसार अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने १९,४८३ यात्रु र ७,६३५ सवारी साधन प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

Advertisement

मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ । यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्ने, भौतिक दुरीको पालना गर्ने लगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौँमा ५ वटा, ललितपुर र भक्तपुरमा ४÷४ वटा अनुगमन टोली परिचालन गरी कारबाही तीव्र बनाईएको जनाएको छ ।

गृहले स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top