लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

३० साउन, काठमाडौं । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिको म्याड्रिडलाई २-१ ले हराउँदै लाइप्जिग अन्तिम चारमा पुगेको हो ।

लाइप्जिगका ड्यानियल ओल्मो र टेलर अदाम्स्ले एकरएक गोल गरे । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे ।

एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् ।

अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजीले हिजो एटलान्टालाई २(१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.