मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने

३० साउन ७७, शुक्रबार

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।

Advertisement

गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिनेभएको हो ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारीमा छौँ, आयोजनाका अन्य काम भइरहेका छन् भने ।

Advertisement

शाक्यका अनुसार चार प्रवेशद्वारका फ्रेम परिवर्तन गरिनेछन् । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलको गेटको फ्रेम परिवर्तन गरिनेछ । त्यसका लागि दुई महिना थप समय लाग्नेछ । यससँगै सुरुङमा भेन्टिलेसनको काम समीक्षा गरेर पुनः नक्साङ्कन गरिनेछ ।

सुरुङमा पानी पथान्तरण गरिएको बेला नियमित परीक्षण गर्न सुरुङभित्र गएका इन्जिनियर सहितको गाडी अकस्मात् गेट खुल्दा बगाएको थियो । असार ३० गतेको सो घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top