नेपालीलाई कुटपिट गरेपछि एनआरएनए दुबईका अध्यक्षसहित तीन पदाधिकारी निलम्बित

योगेन्द्र योगी
३० साउन, दोहा ।
मानव तस्करसँग मिलेर कुटपिटको घटनामा संलग्न भएको आरोपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका तीन पदाधिकारीहरु निलम्बनमा पारेका छन् । एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा नेपालीमाथि कुटपिट भएको भनी नाम मुछिएको हुँदा उक्त घटनाको छानविन किनारा नलागे सम्मका लागि दुवै जनालाई निलम्बन गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले बिज्ञप्ति जारी जानकारी दिएको छ ।

संघका अध्यक्ष प्रकाश कोइरालाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई यूएईमा एक व्यक्तिको जिम्मा लगाईएको तर, यूएई ल्याएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारीमा लगाई दिने भनि पासपोट र अन्य कागजात सो व्यक्तिले नियन्त्रणमा लिएको बुझिएको जनाईएको छ । यस विषयमा पीडितहरुले यूएईस्थित नेपाली दूतावास र एनआरएनए यूएईमा उजुरी दिएपछि छानविन प्रकृया अघि बढिरहेको अवस्थामा पीडितमाथि नै कुटपिट गरेको र कानुनी उपचार खोज्न समेत रोक लगाईएको भन्ने उनीहरुमाथि आरोप लागेको परिषद्ले जनाएको छ ।

Advertisement

त्यस्तै अध्यक्षको परामर्श बिना र समितिमा कुनै छलफल नगरी सस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी एनआरएनए यूएईका उपाध्यक्ष नरेश सेनले मनोमानी ढंगले बिज्ञप्ति निकालेको जनाएको पनि परिषद्ले जनाएको छ । उक्त विज्ञप्तिको बिषयमा अतिरन्जित तथा अन्तराष्ट्रिय रुपमा सस्थाको छवि धमिलो हुन गएकोले उनी संस्थामा रहेर पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारी दुरुपयोग गरेकोले यो मुद्दाको फैसला नभए सम्म उपाध्यक्ष नरेश सेनलाई समेत निलम्बन गरिएको जनाईएको छ ।

काठमाण्डौं स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबई बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएका दलालहरुको संरक्षण गरेको आरोप मल्ल र खत्रीलाई लागेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top